Government of Nepal Logo
Government of Nepal Logo
Gandaki Province Government

Ministry of Energy, Water Resources and Water Supply

Water Supply and Sanitation Division Office, Syangja

Gandaki Province Government

Ministry of Energy, Water Resources and Water Supply

Water Supply and Sanitation Division Office, Syangja

Low Bandwidth Invert Color A- A A+

Low financial progress of the Kaski–Syangja Water Supply Division Office

4 months ago

2083-01-07


blog

कार्यालयले निर्माण गरिरहको खानेपानी ट्याङ्की । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), वैशाख ४ गते । स्याङ्जाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको करिब ३० प्रतिशतमात्रै वित्तीय प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्त सम्म खर्च न्युन देखिएको हो । विनियोजित कुल ४१ करोड १९ लाख ५० हजार बजेटमध्ये १२ करोड ३१ लाख ५४ हजार खर्च भएको हो ।

चालुतर्फको तीन करोड ४२ लाख ५० हजारमध्ये एक करोड ११ लाख ७ हजार खर्च भएको छ भने पुँजीगततर्फ ३७ करोड ७७ लाख कुल बजेटमध्ये ११ करोड २० लाख ४७ हजार खर्च भएको  डिभिजन प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छ वित्तीय प्रगति ३० प्रतिशतको हाराहारीमा देखिएको भए पनि भौतिक प्रगति भने ६० प्रतिशत रहेको छ ।

स्याङ्जा र कास्की गरी दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले ३७ करोड ७७ लाखको लागतमा ३४७ योजनाहरु सञ्चालन गरेको छ ।

स्याङ्जातर्फ २६ करोड १२ लाखमा २२८ वटा योजना सञ्चालनमा ल्याएको कार्यालयले कास्की जिल्लातर्फ ११ करोड ३५ लाखको लागतमा ११४ वटा र ३० लाखको लागतमा पाँच वटा संयुक्त जिल्लामा गरी ३४७ खानेपानीका योजना कार्यान्वयनमा रहेका छन् ।

दुबै जिल्लामा सञ्चालनमा रहेका अधिकांश योजनाहरुअन्तर्गत खानेपानी ट्याङ्की र धारा जडान गर्ने कार्य तीव्र रुपमा भइरहेको कार्यालय सूचना अधिकारी तथा इन्जिनियर कमल बरालले जानकारी दिनुभयो । तोकिएकै समयसिमा भित्र योजना सम्पन्न गर्न ठेक्का लगाएका र समितिमार्फत निर्माण भइरहेको योजनाहरुको काम सक्नेगरी कार्यालयले समन्वय गरिरहेको इन्जियिनर बरालको भनाइ छ । चालु आर्थिक वर्षमा करिब ३५ सय खानेपानीका नयाँ धारा जडान गर्ने कार्यालयले लक्ष्य लिएको छ ।

दुई जिल्लाको अवस्था हेर्ने जिम्मेवारी पाएको भए पनि स्याङ्जामा योजनाहरु निरन्तर अगाडि बढिरहेको कार्यालयले जनाएको छ । 

Last Updated : 2082-12-24 14:07:09

© All Rights Reserved to Water Supply and Sanitation Division Office, Syangja

Powered By: ProActive Developers