Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

न्यून व्यान्डविथ Invert Color A- A A+

स्याङ्जामा खानेपानी विस्तार: एक वर्षमै ३ हजार धारा जडान

27 दिन अगाडी

2082-12-26


Dhara_Syangja_poeTfTjasd_Hro2OsQAVk.jpg तस्बिर :

स्याङ्जामा खानेपानी विस्तार: एक वर्षमै ३ हजार धारा जडान

नेपालबहस संवाददाता

२२ साउन, स्याङ्जा । आर्थिक वर्ष २०८१-०८२ को एक वर्षको अवधिमा तीन हजार भन्दा बढि पानीको धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले एक वर्षको अवधिमा तीन हजार भन्दा बढि पानीको धारा जडान गरेको हो ।

कार्यालयले स्याङ्जामा एक हजार ५८६ र कास्कीमा एक हजार ६७५ गरी तीन हजार २६१ पानीको धारा जडान गरेको जनाएको छ । समूह गत र एकल गरी स्याङ्जा र कास्कीमा संचालित तीन सय ७७ योजना मध्ये गएको वर्ष सम्पन्न ३० योजना अन्तर्गत उक्त धाराहरू जडान गरिएको छ ।

गतवर्ष ४३ करोड ८६ लाख बजेटबाट तीन सय ७७ योजनाहरू निर्माण गरिएको कार्यालय प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । 'तीन सय ७७ मध्ये ३० वटा योजना पूर्ण रूपमा संचालनमा आएका छन् ।' उनले भने, 'स्याङ्जाका झण्डै दुई सय र कास्कीका १४५ गरी करिब तीन सय ४५ क्रमागत योजनाहरू आउँदो वर्षहरूमा सम्पन्न हुँदै जान्छन् ।'

यस अवधिमा कार्यालयले स्याङ्जाको ठूलो २६० परिवार लाभान्वित हुने चापाकोट नगरपालिका-८ को छरछरे र कास्की ठूलो ७६६ परिवार लाभान्वित हुने पोखरा महानगरपालिका-२४ को लौुरुक खोला फिल्टर ट्यांकी तीन स्टेपको लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५-०७६ देखि जिल्लामा झण्डै ३२ हजार पानीका धारा जडान गरिएको सरसफाई डिभिजन कार्यालयका सूचना अधिकारी कमल बरालले बताए । गण्डकी प्रदेश सरकारको 'एक घर, एक धारा' अभियानपछि ६ वर्षको अन्तरालमा ३१ हजार ७ सय ५८ पानीका धारा जडान गर्दा झण्डै १६ हजार घरपरिवार लाभान्वित भएको उनले बताए ।

प्रदेश तर्फका वहुवर्षिय योजनाहरू रकम अभावमा वर्षौंदेखि निर्माणाधीन छन् । क्रमागत तर्फका योजनालाई १० लाख र नयाँलाई २० लाख बजेट दिने गरिएको छ । मन्त्रालयले सम्पन्न गराउनुको सट्टा वर्षेनी योजना थप्दा योजना फरफारकमा समस्या भएको कार्यालयले जनाएको छ ।

त्यसैबीच कार्यालयले गएको वर्ष लिफ्टिङ्ग खानेपानी योजनालाई एक करोड ३३ लाख ६४ हजार ६५६ रुपैयाँ विद्युत महशुल अनुदान दिएको छ । स्याङ्जाका १३३ योजनालाई ८६ लाख ७८ हजार ८४ र कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार ५७२ रुपैयाँ अनुदान दिएको छ । महशुलमा अनुदान दिने कार्यक्रम अन्तर्गत १६९ योजनाले अनुदान पाएका थिए ।

पछिल्लो अपडेट गरिएको : 2082-12-24 14:07:09

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

Powered By: ProActive Developers