Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

न्यून व्यान्डविथ Invert Color A- A A+

स्याङ्जा र कास्कीमा पैतिस सय धारा जोडिने

27 दिन अगाडी

2082-12-26


स्याङ्जा र कास्कीमा पैतिस सय धारा जोडिने

२ भदौ, स्याङ्जा । आर्थिक वर्ष २०८२/८३ मा स्याङ्जा र कास्कीमा पैतिस सय पानीको धारा जडान गरिने भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले चालु आर्थिक वर्षमा दुई जिल्लामा गरि तीन हजार पाँच सय पानीका धारा जडान गर्ने भएको हो ।

बहुवर्षीय ३४७ र नयाँ १२९ योजना सम्पन्न गर्न ३७ करोड ८९ लाख ५० बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटबाट नयाँ र पुराना गरि कुल ४६८ योजनामध्ये ८० खानेपानी योजना सम्पन्न गर्दा उक्त संख्यामा पानीको धारा जडान गर्ने लक्ष्य राखेको कार्यालयले जनाएको छ ।

लक्ष्य अनुसार योजना निर्माण भए स्याङ्जामा एक हजार ७ सय र कास्कीमा एक हजार ८ सय गरि तीन हजार पाँच सय धारा जडान गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु वर्षमा ८० योजना निर्माण हुँदा दुई जिल्लाका करिब ४ हजार घरपरिवारका झण्डै २० हजार जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ ।

'चालु वर्षमा ८० योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखिएपनि बजेट अभावले अधिकांश योजनाहरु अपूर्ण हुने आशंका छ ।' कार्यालय प्रमुख हरि प्रसाद तिमिल्सिनाले भने, 'नयाँ र पुराना योजनाको संख्या धेरै हुँदा निर्माण सम्पन्न हुने योजनाको संख्या न्यून छ ।' वर्षेनी योजना थपिने तर बजेट घट्दै जाँदा बहुवर्षीयको संख्या वृद्धि हुँदा सम्पन्न हुने योजनाको संख्या घट्दै गएको उनले बताए ।

प्रदेश सरकार तर्फका पुराना २८१ र नयाँ १२९ गरि ४०२ छन् भने संघको सर्तक शिर्षकमा ६४ र विशेष अनुदानतर्फ २ वटा योजना संचालन हुनेछन् । चालु वर्षमा निर्माण सम्पन्न हुने अधिकांश योजनामा प्रदेश सरकारद्वारा संचालित योजना रहेको कार्यालयले जनाएको छ ।

गतवर्ष ४३ करोड ८६ लाख बजेटबाट तीन सय ७७ योजनामध्ये ३० वटा योजना सम्पन्न हुँदा स्याङ्जामा एक हजार ५८६ र कास्कीमा एक हजार ६७५ गरि तीन हजार २६१ पानीको धारा जडान गरिएको थियो । गतवर्ष दुबै जिल्लाका झण्डै १६ हजार जनसंख्या लाभान्वित भएका थिए । पछिल्लो तथ्याङ्क अनुसार प्रदेश सरकार बनेपछि स्याङ्जामा १६ हजार ५४० धारा जडान गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2082-12-24 14:07:09

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

Powered By: ProActive Developers