27 दिन अगाडी
2082-12-26
तस्बिर :

खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान
मंगलवार, श्रावण ६ २०८२
प्रकाश डोटेल
स्याङ्जा
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा सञ्चालित लिफ्टिङ् खानेपानी योजनाहरुलाई १ करोड ३३ लाख ६४ हजार ६ सय ५६ रुपैयाँ विद्युत् महशुल अनुदान दिएको छ ।
स्याङ्जाका १ सय ३३ योजनालाई ८६ लाख ७८ हजार ८४ रुपैयाँ र कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार ५७२ रुपैयाँ अनुदान पाएका छन् । प्रदेश सरकारको लिफ्टिङ् खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान दिने कार्यक्रमअन्र्तगत कार्यालयले स्याङ्जा र कास्कीमा सञ्चालित १ सय ६९ योजनालाई अनुदान दिएको हो ।
लिफ्टिङ् खानेपानी आयोजना विद्युत् महशुल अनुदान कार्यविधि २०७९ का आधारमा अनुदान दिएको कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । अनुदान पाएका योजनाबाट स्याङ्जाका २१ हजार ९६४ र कास्कीका १३ हजार ८०८ गरी ३५ हजार ७७२ परिवार लाभान्वित भएका छन् । मासिक २५ हजार रुपैयाँसम्म विद्युत् खपत गर्ने लाभग्राहीलाई शतप्रतिशत अनुदान दिइएको छ । मासिक २५ हजारदेखि ४० हजारको महशुलमा ७५ प्रतिशत, ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपतमा ५० प्रतिशत र ६० हजारदेखि ८० हजारसम्म महशुल खपत गर्ने योजनालाई २५ प्रतिशत अनुदान दिएको कार्यालय प्रमुख तिमिल्सिनाले जानकारी दिए ।मासिक ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने योजनालाई १० प्रतिशतमात्रै अनुदान उपलब्ध गराइएको छ ।
ठूला योजना अर्थात् तीन स्टेप वा सोभन्दा बढी स्टेप पानी तान्ने योजनाको हकमा भने ४० हजारको ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारको ४० प्रतिशत र ८० हजारभन्दा बढी महशुल खपत गर्ने योजनालाई १५ प्रतिशत अनुदान दिइएको छ ।
जिल्लामा क्रमागत २ सय ४७ खानेपानी योजना सञ्चालनमा रहेका छन् । पछिल्लो आर्थिक वर्षमा १० वटा खानेपानीका योजनाहरु पूर्ण रुपमा निर्माण सकिएको इञ्जिनियर कमल बरालले बताए । यो वर्ष निर्माण सम्पन्न भएका योजनाबाट झण्डै ८ हजार जनसंख्या लाभान्वित भएका छन् । योसँगै जिल्लामा १ हजार ५८६ योजना सम्पन्न भई सञ्चालनमा छन् ।
प्रदेश सरकार बनेसँगै जिल्लामा हालसम्म १ सय ६१ योजना निर्माण सम्पन्न भएका छन् । इञ्जिनियर बरालका अनुसार निर्माण सम्पन्न भएका योजनाअन्र्तगत २३ हजार ४३ भन्दा बढी घरमा ‘एक घर, एक धारा जोडिएको छ भने १ लाख १७ हजार ५ सय १७ जनसंख्या लाभान्वित भएका छन् ।
© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा
Powered By: ProActive Developers